बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एपोन र मीयान नेतृत्वलाई पीडानको बधाईं, सहकार्यको सहमति

एपोन र मीयान नेतृत्वलाई पीडानको बधाईं, सहकार्यको सहमति

images
२०८२ भाद्र १५ गते, आइतवार
२०८२ भाद्र १५ गते, आइतवार
  • काठमाडौ। नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) ले औषधी उत्पादक संघ (एपोन) र नेपाल औषधी आयातकर्ता संघ (मीयान) का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाईं तथा शुभकामना दिएको छ।

    images

    संघले काठमाडौंमा आयोजित केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकको सन्दर्भ पारेर औषधि ब्यवसायका क्षेत्रमा एक अर्को संस्थाबीचको सम्बन्ध दिगो तथा विश्वासनीय बनाउने लक्ष्य सहित दुबै संस्थाका नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएको हो।

    images

    पीडानका केन्द्रीय अध्यक्ष गणेश नेपालले आपसी सम्बन्ध मजबुत बनाउँदै ब्यवसायलाई एकढिक्का बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए। त्यही आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए।

    एपोनमा विप्लव अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो भने मीयानमा पवन आचार्यको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको हो। 

    यी संघसंस्थाले नेपालमा औषधि आयात, उत्पादन तथा विक्री गर्दै आइरहेका छन्। तीनै संस्थाबीच आगामी दिनमा व्यवसायिक कार्यगत एकता कायम गर्दै अघि बढ्ने सहमति पनि भएको बताइएको छ।

    यसैबीच पीडानको दोस्रो पुर्ण बैठकले हाल औषधि थोक व्यवसाय सञ्चालनमा देखिएका विविध असहज परिस्थितिहरूलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

    संघले बैठकमार्फत आयात, भण्डारण, वितरण र खुद्रा बिक्रीसम्मको सम्पूर्ण प्रक्रियामा औषधिका थोक व्यवसायीहरूले भोग्नुपरेका समस्या र चुनौतिहरूका विषयमा गम्भीर छलफल भएको छ।

    ती विषयहरूमाथि समीक्षा सहित नियमनकारी निकायहरूको कार्यशैली, कानुनी अस्पष्टता र स्वास्थ्यसम्बन्धी नीतिहरूमा एकरूपता नहुँदा उत्पन्न असहज अवस्थाबारे बैठकमा विस्तृत छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend