बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री चीनमा आज के छ कार्यक्रम?

प्रधानमन्त्री चीनमा आज के छ कार्यक्रम?

images
२०८२ भाद्र १६ गते, सोमवार
२०८२ भाद्र १६ गते, सोमवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिबीच भेटवार्ता भएको छ।

    images

    शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार (आज) बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।

    images

    उनले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मीन चिङ लगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन्।

    चीनका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन पुगेका हुन्।

    उनलाई चीन सरकारका उच्चाधिकारी र  चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए।

    प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ।

    प्रधानमन्त्री ओलीले आज तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ।

    सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ। चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन्।

    अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन्। नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्।

     


     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend