बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई

सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई

images
२०८२ भाद्र १५ गते, आइतवार
२०८२ भाद्र १५ गते, आइतवार
  • ललितपुर। टिकाथलीस्थित ‘लोकप्रिय सरु संगीत घर’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार लोकगायिका तथा कलाकार कविता आलेलाई प्रदान गरेको छ।

    images

    शनिबार आयोजित विशेष समारोहका बिच आलेलाई २५ हजार नगद राशिसहितको उक्त पुरस्कार प्रदान गरिएको हो।

    images

    लोक संगीतको क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रहेकी आलेले मौलिक सिर्जनामार्फत विशिष्ट योगदान पुर्याएको भन्दै सम्मान गरिएको लोकप्रिय सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाले जानकारी दिए।

    आफ्नी दिवगंत आमा सरस्वती निरौलाको नाममा गत वर्ष तीन लाख रुपैंयाँ राशिको अक्षयकोष खडा गरी पुरस्कार स्थापना गरिएको प्रबन्ध निर्देशक निरौलाले बताए। बरिष्ठ संगीतकार दिपक जंगमलगायतले शनिबार उक्त पुरस्कार प्रदान गरेका हुन्।

    पुरस्कारका संरक्षक वरिष्ठ संगीतकार एवं गायक कोमल निरौलाका अनुसार सरु संगीत राष्ट्रिय पुरस्कारबाट हरेक वर्ष नेपाली गीत संगीत एवं वाद्यवादनका क्षेत्रमा स्थापित भइसकेका र ४० वर्षमाथिका महिला कलाकारहरुमध्येबाट छनोट समितिले छनोट गरी निर्णय गरेको व्यक्तित्वलाई पुरस्कार प्रदान गरिन्छ।

    सोही अनुसार उक्त पुरस्कार प्राप्त गर्ने लोकगायिका आले प्रथम व्यक्तित्व हुन्। विसं २०१२ सालमा इलामको फाकफोकमा जन्मिएकी आलेले पूर्वीय लोकभाकालाई नेपाली लोकसंगीतका क्षेत्रमा विशिष्ट पहिचान दिलाउन सक्षम रहेको र अर्गानिक लोकसंगीत पस्कन सक्ने स्रष्टाका रुपमा स्थापित भएकाले उनको योगदानको उच्च सम्मान गर्दै पुरस्कृत गर्नका लागि छनोट गरिएकोे पुरस्कार छनोट समितिकी सदस्य गायिका लोचन भट्टराईले बताइन्।

    पुरस्कार प्रतिष्ठित कलाकार तथा समाजसेवी स्व.सरु (सरस्वती) निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला र परिवारले स्थापना गरेका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend