बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाल प्रहरी र सशस्त्र प्रहरीका डाक्टर लिएर बिरगंज पुगे गृहमन्त्री

नेपाल प्रहरी र सशस्त्र प्रहरीका डाक्टर लिएर बिरगंज पुगे गृहमन्त्री

images
२०८२ भाद्र १५ गते, आइतवार
२०८२ भाद्र १५ गते, आइतवार
  • बिरगंज। गृहमन्त्री रमेश लेखक हैजा प्रभावित पर्साको बिरगंज पुगेका छन्। उनले बिरगंजका विभिन्न अस्पतालमा रहेका हैजा संक्रमित बिरामी र आफन्तहरूसँग भेट गर्दै उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन्।

    images

    नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुईदुई जना चिकित्सक लिएर बिरगंज पुगेका गृहमन्त्री लेखकले आइतबार बिहान बिरगंजको नारायणी अस्पताल, तराई अस्पताल र बिरगंज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीकाे स्वास्थ्यबारे जानकारी लिएका हुन्।

    images

    गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रकाे वस्तु-अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डाक्टरलाई सँगै बिरगंज लगेर जिम्मेवारी दिएका हुन्।

    सो क्रममा गृहमन्त्री लेखकले हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए। 

    महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताएका हुन्।

    अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनकाे भनाइ थियाे।

    ‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ। तपाईँलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे चिकित्सक टाेलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ,’ गृहमन्त्री लेखकले भने," यसका लागि केन्द्रीय सुरक्षा समितिकाे बैठकले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीज्यूले पनि प्रतिनिधिसभा बैठकमा पनि सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताउनुभएको छ।"

    हैजा पुर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनको जोड थियो।

    उनी हैजा संक्रमणबाट उपचाररत बिरामीकाे स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिन शनिबार साँझ बिरगंज पुगेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend