बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अब शनिबार पनि शल्यक्रिया

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अब शनिबार पनि शल्यक्रिया

images
२०८२ भाद्र १५ गते, आइतवार
२०८२ भाद्र १५ गते, आइतवार
  • भरतपुरकाे वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल शनिवार पनि शल्यक्रिया हुन थालेको छ।

    images

    अस्पतालले ईएचएस मार्फत शनिवार पनि शल्यक्रिया सेवा सुरु गरेकाे हाे। अब साे अस्पतालमा बिहान बेलुका, सार्वजनिक बिदा र शनिवार समेत नियमित शल्यक्रिया हुने छ। 

    images

    अस्पतालको नियमित सेवाभन्दा बाहेककाे समय र विदाको दिनमा समेत ईएचएस सेवा सञ्चालन गरेको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिए।

    बिरामीको चाप बढ्दै गएपछि नियमित समयसँगै अतिरिक्त समयमा शल्यक्रिया सेवा सञ्चालन गरिएको उनले बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend