चितवन। चितवनको भरतपुरमा कार दुर्घटनामा परेर एक जना चिकित्सकको मृत्यु भएको छ।
गएराती भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार करिब साँढे १ बजे अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएरपछि डा. विप्लब भट्टको निधन भएको हो। उनी भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीका बासिन्दा हुन्।
दुर्घटना लगत्तै उनलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा पुर्याइएको थियो। उपचारकै क्रममा राति २ बजेर ५ मिनेट जाँदा भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
स्व.भट्ट लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर नेपालका पिडिजी एवं पूर्व गभर्नर रामप्रसाद भट्टका कान्छा छोरा हुन्।
उनी नेपालमा एमबिबिएस अध्ययन पूरा गरी एमडि अध्ययनका लागि विदेश जाने तयारीमा थिए।



