बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस महामन्त्री गगन थापा नारायणी अस्पतालमा, हैजाका बिरामीसँग भेट

कांग्रेस महामन्त्री गगन थापा नारायणी अस्पतालमा, हैजाका बिरामीसँग भेट

images
२०८२ भाद्र १३ गते, शुक्रवार
२०८२ भाद्र १३ गते, शुक्रवार
  • बिरगंज। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिरगंज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताएका छन्।

    images

    आज नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरूसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दै थापाले हैजा सङ्क्रमित बिरामीको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न अनुरोध गरे।

    images

    “हैजाको उपचार गर्न आउने बिरामीले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ। त्यसका लागि अस्पताल प्रशासनले अत्यावश्यक औषधि, खोप र जनशक्तिको पनि उचित ढङ्गले प्रबन्ध गर्न आवश्यक छ।” का,ग्रेस महामन्त्री थापाले भने।

    उनले आफू काठमाडौँ फर्किएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सरोकार भएका निकायसँग समन्वय गरेर अत्यावश्यक औषधि र अन्य सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। महामन्त्री थापाले अस्पतालको सरसफाइका विषयमा पनि विशेष चासो दिन आग्रह गरे।

    “म स्वास्थ्यमन्त्री हुँदा पनि देशभरिका अस्पतालमा सरसफाइ मुख्य समस्याका रूपमा रहेको अनुभव गरेको थिएँ। मैले करिब नौ महिना मन्त्री भएर काम गर्दा यो समस्या समाधानको प्रयास गरे पनि सकिन”, उनले भने, “अस्पतालको परिसर र शौचालय मात्रै फोहर देखिने विषय होइन। सरसफाइ जनशक्ति व्यवस्थापनलगायत विविध विषय रैछन्। यो अस्पतालको सुशासन र अन्य बहुआयामिक विषयसँग पनि जोडिएको छ।” 

    महामन्त्री थापाले सरकारी र निजी अस्पतालमा उपचारका लागि जाँदाखेरि फरक महसुस गर्ने विषय पनि अस्पतालको सरसफाइ नै रहेको उल्लेख गरे।

    “प्रायःजसो निजी अस्पताल पनि सरकारी अस्पतालमा नै काम गर्ने जनशक्तिबाट नै सञ्चालन हुने हो, तर निजी र सरकारी अस्पतालबीच सरसफाइमा धेरै फरक छ। त्यसैले यस विषयमा ध्यान दिन जरुरी छ”, उनले भने।

    महामन्त्री थापाले नारायणी अस्पताललाई बिरगंज र आसपासको क्षेत्रको आसा तथा भरोसाको केन्द्रका रूपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए।

    महामन्त्री थापाले नारायणी अस्पतालको पूर्वाधार निर्माणमा हुने गाँठो फुकाउनका लागि आफू जुनसुकै सहयोग र समन्वय गर्न पनि तयार रहेको बताए। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend