काठमाडौं। निजी विद्यालय सञ्चालक आज पनि काठमाडौंको माईतिघर मण्डलामा धर्नामा बसेका छन्।
संसदीय समितिबाट पारित विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनाउँदै उनीहरु बृहत खदारीमा उत्रिएका हुन्।
विधेयकमा रहेकाे गैरनाफामूलक बनाउने शब्द तथा पूर्ण छात्रवृत्तिकाे व्यवस्था हटाउनुपर्ने उनीहरुकाे माग छ।
यता सामुदायिक विद्यालयहरुकाे छाता संगठन नेपाल शिक्षक महासंघले पनि यसअघि आफूहरुसँग भएका सहमति विधेयकले सम्बाेधन नगरेकाे भन्दै आान्दाेलनकाे चेतावनी दिएकाे छ।
आफ्ना माग सम्बाेधन नभए भदौ १८ गतेदेखि विद्यालय बन्द गरेर सडकमा उत्रिने निजी विद्यालय सञ्चालकहरुले घाेषणा गरेका छन्।



