बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

तारकेश्वरमा १५ करोडभन्दा बढी लगानीमा खुल्यो अस्पताल, पूर्वराष्ट्रपति यादवद्वारा उद्घाटन

तारकेश्वरमा १५ करोडभन्दा बढी लगानीमा खुल्यो अस्पताल, पूर्वराष्ट्रपति यादवद्वारा उद्घाटन

images
२०८२ भाद्र १२ गते, बिहिवार
२०८२ भाद्र १२ गते, बिहिवार
  • काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा मा १५ करोडभन्दा बढी लगानीमा अस्पताल संचालनमा आएको छ।

    images

    पूर्वराष्ट्रपति डा. रामवरण यादवले बिहीबार तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा बिहीबार शुभम इन्टरनेसनल हस्पिटल प्रालिको उद्घाटन गरेका हुन्।

    images

    सो अस्पतालको उद्घाटन गर्दै उनले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भए मात्र देशको विकास हुने बताए।उनले भौतिक विकासभन्दा स्वास्थ्य र शिक्षाको विकास भएमात्र मुलुकको विकास हुने बताएका हुन्।

    पूर्वराष्ट्रपति डा. यादवले  २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन भएको पनि बताए।

    “विस २०४६ सालको परिवर्तनपछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगेका छन्, तर स्वास्थ्य उपचारमा भने अहिले पनि सन्तुष्ट हुने ठाउँ छैन,” उनले भने।

    उनले स्वास्थ्य उपचारका लागि विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यस्ता अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गरे। अस्पताललाई व्यवसायिक रूपमा मात्र नभई समाजसेवाको क्षेत्रको रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो।

    सो कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँमा स्वास्थ्य क्षेत्रको पहुँच पुगेपनि सेवा पुर्‍याउन नसकिएको बताए।

    उनले आफू स्वास्थ्यमन्त्री हुँदा जस्ता समस्या थिए हालसम्म पनि त्यस्तै समस्या रहिरहेको भन्दै चिन्ता व्यक्त गरे।

    नेता केसीले दिन प्रतिदिन दक्ष चिकित्सक विदेशीने क्रम बढेको भन्दै त्यसलाई रोक्नका लागि राज्यले ठोस कदम चाल्नुपर्ने पनि उल्लेख गरे।

    कांग्रेस नुवाकोटका पूर्वसभापति एवम् संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले काठमाडौँको उत्तरी क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न अस्पतालले ध्यान केन्द्रित गर्नु पर्ने बताए।

    काठमाडौँ क्षेत्र नं ६ प्रदेख (ख) का सांसद इन्जिनियर अमन मास्के, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिकाका निवर्तमान प्रमुख रामेश्वर बोहरा, तारकेश्वर वडा नं १० का वडाध्यक्ष कुमार राईलगायतले अस्पतालले तारकेश्वरवासीलाई विशेष सहुलियत दिएर उपचार गराउन आग्रह गरे।

    अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. केदारनरसिंह केसीले अस्पतालमा उपचारका लागि आएका बिरामी आर्थिक अभावका कारण फर्कनु नपर्ने बताए। १५ करोडभन्दा बढी लगानीमा तारकेश्वर नगरपालिका–१० मा सञ्चालित उक्त अस्पताल हाल २४ शय्यामा सञ्चालनमा आएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend