काठमाडौं। स्वास्थ्य बीमा बोर्डले आगामी असोज मसान्त सम्ममा स्वास्थ्य बीमालेख नवीकरण गर्न बिमितहरुलाई आग्रह गरेको छ।
बोर्डले बुधवार सूचना जारी गर्दै विगतमा स्वास्थ्य बीमामा आवद्ध तर बीमालेख नवीकरण नगरेका सम्पुर्ण बिमित परिवारलाई असोज ३१ गते भित्रमा अनलाइन तथा दर्ता सहयोगीको माध्यमाट नवीकरण गर्न भनेको छ।
तोकिएको अवधिमा नवीकरण नगरेमा थप बिलम्ब शुल्क लाग्ने बीमा बोर्डले चेतावनी दिएको छ। त्यस्तो बिलम्ब शुल्क `स्वास्थ्य बीमा कार्यममा आवद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धि कार्यविधी २०८२ ’ अनुसार जरिवाना लाग्ने बोर्डले जनाएको छ।
सो कार्यविधी अनुसार बीमालेखको अवधि कटाएर तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकमको १० प्रतिशत रकम बढी तिर्नुपर्ने बोर्डले सूचनामा उल्लेख गरेको छ।
यस्तै ६ महिनापछि नवीकरण गर्दा ३० प्रतिशत, ६ महिनादेखि एक वर्षभित्र नवीकरण गर्दा योगदान रकमको ५० प्रतिशत र एक वर्षपछि सत प्रतिशत अर्थात् योगदान रकम बराबर नै थप रकम तिर्नुपर्नेछ।
यसैगरी दुई वर्षपछि नवीकरण गरेमा योगदान रकमको तीन गुणा र तीन वर्षपछि गरे योगदान रकमको चार गुणासम्म बढी रकम जरिवाना लाग्ने बोर्डले जनाएको छ।

उदाहरणका लागि हेरौं कति समयमा कति जरिवाना लाग्छ?

अनलाइनबाट कसरी नवीकरण गर्ने?




