बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बिरगंजबाट काठमाडौं ल्याइएका १० नमुनाको `कल्चर´ गर्दा ८ मा देखियो हैजा

बिरगंजबाट काठमाडौं ल्याइएका १० नमुनाको `कल्चर´ गर्दा ८ मा देखियो हैजा

images
२०८२ भाद्र ११ गते, बुधवार
२०८२ भाद्र ११ गते, बुधवार
  • काठमाडौं। बिरगंजमा हैजा संक्रमण फैलिएको घटनापछि त्यहाँ परिक्षण गरिएका १० वटा दिसाको नमुना पुन: परिक्षणका लागि काठमाडौंमा ल्याइएकोमा ८ वटा नमुनामा हैजा पुष्टि भएको छ। 

    images

    काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि ल्याइएको १० नमुना मध्ये ८ वटामा हैजाको संक्रमण पुष्टि भएको प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले जानकारी दिए।

    images

    “बिरगंजबाट हैजाका लक्षण देखा परेका बिरामीको दिसाको १० वटा नमुना ल्याइएकोमा ८ वटामा हैजा संक्रमण भेटिएयो, प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये ८ वटामा संक्रमण पुष्टि भएको छ।” निर्देशक डा. भट्टले भने।

    उनका अनुसार दुई वटा नमुनाको रिपिर्ट बुधबार आउनेछ। ती नमूना बिरगंजका स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ परिक्षण गरेर हैजा भएको पुष्टि गरेक थियो।

    बिरगंज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कल्चर परीक्षणमा ८० प्रशितभन्दा बढीमा हैजा पुष्टि हुनुले समुदायस्तरमा हैजा फैलिरहेको संकेत गरेको बताए।

    बिरगंजमा गत शुक्रबार देखि हैजाले जनजीवन त्रसित बनाएको छ। बिरगंज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १४ र १६ मा हैजा फैलिएको छ। यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिकामा पनि हैजा पुष्टि भएको छ। सुरुमा बिरगंजको मुर्लीस्थित नयाँ टोलमा हैजा पुष्टि भएको थियो।

    मंगलबार साँझसम्म बिरगंजमा ११४ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend