बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हैजा नियन्त्रणका लागि महानगर प्रमुख फिल्डमा, २५ वटा स्वास्थ्य टोली परिचालन

हैजा नियन्त्रणका लागि महानगर प्रमुख फिल्डमा, २५ वटा स्वास्थ्य टोली परिचालन

images
२०८२ भाद्र ७ गते, शनिवार
२०८२ भाद्र ७ गते, शनिवार
  • बिरगंज। बिरगंजमा फैलिएको हैजाको प्रकोप रोकथाम र नियन्त्रणका लागि महानगरपालिका तिब्र गतिमा काम अघि बढाएको छ।

    images

    अभियानलाई प्रभावकारी बनाउन महानगर प्रमुख राजेशमान सिंह आफैं अग्रसर भई प्रत्यक्षरूपमा अस्पतालमै पुगेर बिरामीहरूको अवस्था बुझ्नुका साथै जनशक्ति परिचालनको कामलाई आफैं निरन्तर मनिटरिङ गरिरहेका छन्।

    images

    शनिबार साँझ उनले बिरगंज हेल्थकेयर अस्पताल पुगेर अवस्थाको जानकारी लिए। सो अस्पतालमा हाल १४ भन्दा बढी झाडापखालाका बिरामी उपचाररत छन्। शनिबार दिउँसो उनी नारायणी अस्पताल पुगेर त्यहाँका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।

    नारायणी अस्पतालमा हाल ३३ जना झाडापखालाका बिरामी उपचाररत छन्, जस मध्ये १३ जनामा हैजा पुष्टि भइसकेको छ।

    महानगरले प्रभावित क्षेत्रमा तत्कालीन अवस्थामा नै २५ वटा स्वास्थ्य टोली परिचालन गरेको छ। टोलीहरूले घरघरमै पुगेर पानी शुद्धिकरणका उपायहरू सिकाउँदै, क्लोरिन हालेर मात्रै पिउन आग्रह गर्दै जनचेतना जगाइरहेका छन्। साथै प्रभावित बस्तीका नालामा औषधि छर्कने अभियान पनि सञ्चालन भइरहेको छ। यो अभियानमा महानगर प्रमुख सिंह आफैं हिडेका छन्।

    महानगर प्रमुख सिंहले आफैं प्रत्यक्ष निगरानी गर्दै जनशक्ति र स्रोतसाधन परिचालन गराइरहेको महानगरका प्रेस सल्लाहकार नवराज फुँयलले जानकारी दिए।

    उनका अनुसार महानगरले एम्बुलेन्ससहितका सवारी साधन तत्पर अवस्थामा राखेको छ भने महानगरले हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरेर नियन्त्रण अभियानलाई अझ व्यवस्थित पारेको छ।

    शनिबार साँझसम्म बिरगंजका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ३९ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने २ सयभन्दा बढी बिरामी उपचाररत रहेका छन्।

    महानगर प्रमुख सिंहले हैजा नियन्त्रणलाई प्राथमिकतामा राख्दै भने, “कुनै पनि अवस्थामा लापरबाही नगरी चनाखो भएर बस्नुपर्ने छ, सबैको सहयोग लिँदै महानगर यो संकटलाई नियन्त्रणमा लिन पूर्ण प्रतिबद्ध छ।”

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend