चितवन। स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा उपचारका क्रममा नवलपरासी बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्युु भएको हो।
भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार उनी भदौ ४ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन्। सापकोटाका अनुसर ती महिला छारे रोगबाट पनि पीडित थिइन्।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ।
चितवनका ५८ जना यो रोगबाट पीडित छन्। एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको रुपाखेतीले जानकारी दिए।



