काठमाडौं। जनवरीयता डेंगी संक्रमणबाट दुई जनकाे मृत्यु भएको छ। याे अवधिमा तीन हजार २४७ जनामा संक्रमण पुष्टि भएको ईपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा (ईडीसीडी) काे तथ्यांक छ।
पछिल्लो साता मात्रै २११ जनामा संक्रमीत थपिएका छन्। हालसम्म सबैभन्दा धेरै कास्कीका ३१३ जना संक्रमित भएका छन्।
यस्तै काठमाडौंमा पनि ३१० जना संक्रमित भएको ईडीसीडीकाे तथ्यांक छ। अगष्टका २१ दिनमा ६१९ जनामा डेंगी पुष्टि भएको छ।
समुदायस्तरमा करिब १० गुणा बढी डेंगी संक्रमित रहेकाे हुनसक्ने ईडीसीडीकाे आँकलन छ।



