बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित, माओवादी केन्द्र र रास्वपाको फरक मत

शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित, माओवादी केन्द्र र रास्वपाको फरक मत

images
२०८२ भाद्र ५ गते, बिहिवार
२०८२ भाद्र ५ गते, बिहिवार
  • काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ। 

    images

    समितिको बिहीबार बसेको बैठकबाट विद्यालय शिक्षा विधेयक पारित भएको हो। विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक लामो समयसम्म उपसमिति र समितिमा छलफल भएपछि आज पारित भएको हो।

    images

    विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने फरकमत राखे। उनीहरूका फरकमतका बिच विधेयक पारित भएको हो।

    संसदीय समितिबाट पारित भएको सो विधेयक अब बस्ने संसद् बैठकमा पेस हुने छ। 

    माओवादी केन्द्रले विधेयकमा पाँच बुँदे फरक मत दर्ता गराएको हो। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षा सुधारका लागि आफूहरूले उठाएका विषय विधेयकमा सम्बोधन हुन नसकेकाले फरक मत राखिएको जानकारी दिए।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विना जयसवालले फरक मत राकेका थिए। 

    शिक्षा विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको पालामा दफावार छलफलका लागि २०८१ असोज २५ गते समितिमा पठाइएको थियो।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend