चितवन। नेपाल प्रहरीले १७ हजार ४०० थान क्याप्सुल लागूऔषध ट्रामाडोलसहित सात जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले चितवनले १७ हजार ४०० थान क्याप्सुल लागूऔषध ट्रामाडोलसहित भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई बुधबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ४ जना ठोरी स्थायी घरभएका युवा छन्। यस्तै एक जना माडी र अर्का एक चितवनकै कालिका नगरपालिकाका युवक छन् भने अर्का एक भारतीय नागरिक समेत छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ती लागुऔषध ट्रामाडोल भारतबाट ठोरी हुँदै भरतपुर ल्याइएको खुलेको छ।
यी हुन पक्राउ पर्नेहरु:





