काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज प्रतिनिधि सभा बैठकमा हुने भनिएको प्रश्नोतर कार्यक्रम रोकिएको छ।
प्रधानमन्त्री ओलीले आज संसदमा प्रतिनिधि सभाका सदस्यहरूले उठाएका सवालहरुको जवाफ दिने कार्यक्रम तय थियो। तर अचानक स्वास्थ्यमा समस्या आएपछि सो कार्यक्रम स्थगित भएको हो।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था तथा परामर्श बैठकमा प्रधानमन्त्री ओली अस्वस्थ भएको जानकारी दिएका हुन्।



