बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सन् २०२५ सुरु भएयता ६३ जनामा जापानिज इन्सेफलाइटिस्, ११ जनाको मृत्यु

सन् २०२५ सुरु भएयता ६३ जनामा जापानिज इन्सेफलाइटिस्, ११ जनाको मृत्यु

images
२०८२ भाद्र ४ गते, बुधवार
२०८२ भाद्र ४ गते, बुधवार
  • काठमाडौँ। सन् २०२५ सुरु भएयता जापानिज इन्सेफलाइटिसबाट नेपालमा ११ जनाको मृत्युु भएको छ भने ६३ जनामा संक्रमण पुष्टि भएको छ।

    images

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले सन् २०२५ सुरु भएयता हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भएको जानकारी दिए।

    images

    गौतमका अनुसार जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना छन्।

    उनीहरू तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवनका तीन जना छन्।

    शाखा प्रमुख डा गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतमको मृत्यु भएको हो। 

    नेपालमा सन् २०२४ मा जापानिज इन्सेफलाइटिसबाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो।

    यस्तै सन् २०२३ मा १०७ जनामा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा ६६, सन् २०२१ मा २८ र सन् २०२० मा २२ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको थियो।

    जापानिज इन्सेफलाइटिसका खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिने गरेको गौतम बताउँछन्। 

    “हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा सक्रमण देखिएको छ। २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ।” डा गौतमले भने।

    उनका अनुसार  नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस् विरुद्धको खोप लगाई सकिएको छ।

    चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो।

    यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

    नेपालमा जापनिज इन्सेफलाइटिसका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend