बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौं महानगरपालिका भित्र थपियो स्वास्थ्य बीमाका ५ प्रथम सेवा बिन्दु, कहाँकहाँ थपियो?

काठमाडौं महानगरपालिका भित्र थपियो स्वास्थ्य बीमाका ५ प्रथम सेवा बिन्दु, कहाँकहाँ थपियो?

images
२०८२ भाद्र ३ गते, मंगलवार
२०८२ भाद्र ३ गते, मंगलवार
  • काठमाडौं। काठमाडौ महानगरपालिकाका विभिन्न ५ वटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुको रुपमा सेवा प्रवाह हुँदै आएकोमा थप ५ केन्द्र थपिएको छ।

    images

    यसअघि महानगरपालिकाको वडा नम्बर ८ - रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नम्बर १४- कुलेश्वर, वडा नम्बर १९- कंकेश्वरी, २६ - लैनचौर र ३० - ज्ञानेश्वरबाट स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुको रुपमा सेवा प्रवाह हुँदै आएको थियो।

    images

    स्वास्थ्य बीमा बोर्डका अनुसार अब थप ५ वटा सहरी स्वास्थ्य प्रवर्द्वन केन्द्रहरु थप भएका हुन्। थपिएकामा वडा नम्बर ७- मैजुबहाल, १०- लाखेचौर, थापागाउँ बानेश्वर, १२- टेकु, १६- बलाजु र २७ - इनबहाल छन्। अब यी केन्द्रहरुबाट पनि स्वास्थ्य बीमाको प्रथम सेवा प्रवाह हुनेछ।

    आइतबार स्वास्थ्य बीमा बोर्डले थप २२ वटा स्थानीय तहमा रहेका २६ अस्पतालसँग सेवा सम्झौता गर्दा काठमाडौं महानगरमा ५ वटा प्रथम सेवा विन्दु थपिएको हो।

    बीमा बोर्डका अध्यक्ष, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक,  कामपा स्वास्थ्य विभागका प्रमुख, महाशाखा प्रमुख लगायतले सो सम्बन्धि सम्झौता गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend