काठमाडौं। गत शनिबार रुपन्देही जिल्ला कारागारबाट ललितपुर स्थित नख्खु कारागार स्थानान्तरण गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार चिकित्सकले परीक्षण गरेका छन्।
उनको स्वास्थ्यमा समस्या देखिएपछि कारागार प्रसासनले ट्रमा सेन्टरका चिकित्सकलाई कारागार बोलाएका थिए। उनको स्वास्थ्यमा भएको चाहिँ के हो?
लामिछानेको छालामा समस्या भएपछि चिकित्सक बोलाएर रगतको नमूना लिइएको छ। कारागार स्रोतका अनुसार उनलाई जन्डिसको आशंका गरिएको छ।
रास्वपाका उपसभापति डिपी अर्यालले सभापति लामिछानेको स्वास्थ्यमा समस्या देखिएको बताए। उनले रगतको रिपोर्ट आएपछि मात्र समस्याको यकिन हुने जानकारी दिए। अर्यालले सोमबार बिहानै कारागार पुगेर लामिछानेसँग भेटेका थिए।
`डाक्टरहरु आएर परीक्षण गर्नु भएको छ, रगतको नमुना लिइएको छ, रिपोर्ट आएको छैन।´ रास्वपा उपसभापति अर्यालले भने।
लामिछाने सहकारी ठगी प्रकरणमा पुपर्क्षका लागि थुनामा छन्।



