बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

२५ आयुर्वेद अस्पतालमा स्वर्ण विन्दु प्राशन लागू हुने, निर्देशिका स्वीकृत

२५ आयुर्वेद अस्पतालमा स्वर्ण विन्दु प्राशन लागू हुने, निर्देशिका स्वीकृत

images
२०८२ भाद्र २ गते, सोमवार
२०८२ भाद्र २ गते, सोमवार
  • काठमाडौं। आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मत अनुसार प्रचलनमा रहेको स्वर्ण प्राशन कार्यक्रमलाई थप व्यवस्थितरुपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका स्वीकृत गरेको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत भदौ १ गते मन्त्रीस्तरीय  निर्णय गर्दै स्वर्ण प्राशन निर्देशिका स्वीकृत गरेका हुन्। यो निर्देशिका स्वीकृत भएसँगै पहिलो चरणमा २५ वटा आयुर्वेद अस्पतालमा सुरु हुने भएको छ।

    images

    आयुर्वेद चिकित्सा विज्ञानले बालबालिकाको स्वास्थ्य संरक्षण, प्रवर्द्बन उपचार पुनर्स्थापना सम्बन्धी ग्रन्थ कौमारभृत्यको मूल ग्रन्थ काश्यप संहितामा बालबालिकाको सर्वाङ्गिण विकासका लागि स्वर्ण बिन्दु प्राशनको वर्णन गरेको छ।

    स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रुपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन भनिन्छ। बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णबिन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको ग्रन्थमा उल्लेख छ।

    सरकारले आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्ण प्राशन कार्यक्रमलाई थप व्यवस्थितरुपमा सञ्चालन गर्न सो निर्देशिका स्वीकृत गरेको हो।

    यी हुन मुख्य उद्देश्य 

    निर्देशिकाको मुख्य उद्देश्य स्वर्णप्राशनको सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी रूपमा यसको सेवन सुनिश्चित गर्नु रहेको बताइन्छ। पारम्परिक आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तर मापदण्डअनुसार संरक्षण गर्नु निर्देशिकाको उद्देश्यमा उल्लेख छ।

    यस्तै स्वर्ण विन्दु प्राशनबाट बाल स्वास्थ्य सम्वर्धनको साथै मातृशिशु स्वास्थ्य सम्वर्धनका कार्यक्रम समेत सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

    निर्देशिकाले यस कार्यक्रम नेपालभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेदिक अस्पताल, तथा आयुर्वेद शिक्षण अस्पतालमा प्रयोगका लागि मार्गदर्शन प्रदान गरेको छ।

    कुन उमेर समुहलाई कहिले खुवाइन्छ?

    यस स्वर्णबिन्दु प्राशन प्रत्येक महिनामा पुष्या नक्षत्रको दिन उल्लिखित स्वास्थ्य संस्थामा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको मात्रामा खुवाईने निर्देशिकामा भनिएको छ।

    यस कार्यक्रमबाट ६ महिनादेखि ५ वर्षसम्म वर्ष सम्मका बालबालिकाहरु लाभान्वित हुनेछन्।

    यी बिरामीलाई नखुवाउँ

    स्वर्णबिन्दु प्राशन ज्वरो लगायतका समस्या भएका बेला खुवाउन नहुने बताइएको छ।

    निर्देशिका अनुसार यस कार्यक्रममा ज्वरो, अजीर्ण, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएका बालबालिकाहरुलाई सहभागी गराईने छैन।

    मन्त्रालयले स्वर्णबिन्दु प्राशन कार्यक्रमबाट बालबालिकाको समग्र स्वास्थ्य संरक्षण र प्रवर्द्बन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षाका साथ यसवर्षबाट राष्ट्रिय कार्यक्रमकोरुपमा सञ्चालन गरिएको जनाएको छ।

    यस कार्यक्रमलाई आगामी वर्षहरुमा क्रमिकरुपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीयतहमा विस्तार गरिने मन्त्रालयले जनाएको छ।

    हाल पहिलो चरणमा यी अस्पतालमा लागू हुने

    (क) प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङ

    (ख) त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर

    (ग)  आयुर्वेद चिकित्सालय नरदेवी

    (घ) राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ

    (ङ) प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश

    (च) प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश

    (छ) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश

    (ज) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश

    (झ) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सर्लाही,  मधेश प्रदेश

    (ञ)  आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, वागमति प्रदेश

    (ट) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, वागमति प्रदेश

    (ठ) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, वागमति प्रदेश

    (ड) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन वागमति प्रदेश

    (ढ) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, वागमति प्रदेश

    (ण) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर,  वागमति प्रदेश

    (त) जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरंग, कोशी प्रदेश

    (थ) गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश

    (द) धौलागिरि आयुर्वेद अस्पताल, बागलुंग, गण्डकी प्रदेश

    (ध) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश

    (न) लुम्बिनि आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश

    (प) राप्ती आयुर्वेद चिकित्सालय, दांग, लुम्बिनी प्रदेश

    (फ) बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्, गुलरिया, लुम्बिनी प्रदेश

    (ब) प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत , कर्णाली प्रदेश

    (भ) आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश

    (म) आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला, कर्णाली प्रदेश

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend