बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे भारतीय विदेशसचिव

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे भारतीय विदेशसचिव

images
२०८२ भाद्र १ गते, आइतवार
२०८२ भाद्र १ गते, आइतवार
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन्।

    images

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

    images

    उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा सन्देश दिने बताइएको छ।

    नेपाल रहँदा मिश्रीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयलका सहसचिव गेहेन्द्र राजभण्डारी लगायतले स्वागत गरेका थिए।

    प्रधानमन्त्री ओलीको भदौ ३१ गते भारत भ्रमणमा जाने सम्भावना छ। सोही विषयमा छलफल गर्न मिश्री नेपाल आएको बताइन्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend