बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भरतपुरमा बोनम्यारो प्रत्यारोपणका लागि अलग्गै केन्द्र बन्दै

भरतपुरमा बोनम्यारो प्रत्यारोपणका लागि अलग्गै केन्द्र बन्दै

images
२०८२ श्रावण ३० गते, शुक्रवार
२०८२ श्रावण ३० गते, शुक्रवार
  • चितवन। भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि अलग्गै केन्द्र बन्ने भएको छ।

    images

    चीन सरकारको सहयोगमा अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने भएको हो। जहाँ बोनम्यारो प्रत्यारोपणका लागि अलग्गै युनिट हुनेछ। यो केन्द्रको निर्माणपछि नेपालमा नै बोनम्यारो प्रत्यारोपण हुने हुँदा नेपालका बिरामी भारत जाने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

    images

    प्रत्यारोपण केन्द्रकालागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिम दिने काममा चीन सरकारको व्यवस्थापनमा हुनेछ। त्यसका लागि चिनियाँ विशेषज्ञसहितको चिकित्सक टोलीले अस्पतालमा अनुगमन र अध्ययन थालिसकेको छ।

    अस्पतालमा वातावरणीय मूल्यांकनको काम भइरहेको क्यान्सर अस्पतालले जनाएको छ। संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिम दिन चीन सरकारले व्यवस्थापन गर्ने अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिए।

    करिब ९ करोड मुल्यमा भवन निर्माण हुनेछ। केन्द्र चार कट्ठामा भवन क्षेत्रफल भित्र हुनेछ। जहाँ बोनम्यारो प्रत्यारोपणसँग सम्बन्धित आईसीयू, प्याथोलोजी, रेडियोलोजी, मेडिकल अंकोलोजीलगायतको सेवा हुनेछ।

    अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले सेवा सुरु भएपछि नेपाली बिरामीका लागि सहज हुने बताए। 

    ‘पूर्वाधार निर्माणका लागि हाम्रो तर्फबाट सक्दो सहजीकरण गरेका छौं,’ उनले भने, ‘सकेसम्म छिटो सेवा दिने हाम्रो लक्ष्य हो।’

    केन्द्रको सुरुवात चार शैय्याबाट गरिनेछ। प्रत्यारोपणका लागि एउटा बिरामी २१ देखी २८ दिनसम्म अस्पतालमै राख्नुपर्छ। यो सेवा सुरु भएपछि नेपालबाट उपचारका लागि महँगो शुल्क तिरेर भारत जानुपर्ने बाध्यता हट्नेछ। नेपालमा बोनम्यारो प्रत्यारोपण गर्ने बिरामी वार्षिक ५० को हाराहारीमा छन्।

    अस्पतालका मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह प्रत्यारोपण केन्द्र बनेपछि नेपालका बिरामीलाई भारत जाने बाध्यता हट्ने बताउँछन।

    ‘कतिपय बिरामी खर्च अभावले अस्पताल नै आउँदैनन्। हामीले जतिसक्दो कम शुल्कमा सेवा दिने भन्नेमा छौं’, उनले भने,‘ यसका लागि स्रोत व्यवस्थापन हो। सरकारले केही गरे बिरामीलाई सुविधा हुन्थ्यो ।’

    बोनम्यारो ट्रान्सप्लान्ट वार्ड परिजोजनाका लागि काम तीव्र पारिने चिनियाँ विशेषज्ञ टोलीका प्रमुख डा. चाओ गुइमिनले बताए। चीन–नेपाल मेडिकल सहयोगको एक विजर्डिसिपको रूपमा यस परियोजना २०२२ मा प्रस्ताव गरिएको हो।

    ‘उच्च–गुणस्तर बोनम्यारो ट्रान्सप्लान्ट क्षमता निर्माण दक्षिण एसियाका बिरामीहरूको लागि ठूलो रणनीतिक महत्व राख्छ। हामी अनुभव आदानप्रदान, प्राविधिक मापदण्ड, कर्मचारी प्रशिक्षणसहित चीनको अनुभवलाई खुसीसाथ साझा गर्दछौं,’ उनले भने , ‘यो भ्रमणलाई हाम्रा दुई अस्पतालहरूको बीचमा साझेदारीलाई सुदृढ पार्न नयाँ सुरुवातको बिन्दुको रूपमा देखेका छौं। प्रत्यारोपण टेक्नोलोजीको लागि व्यावहारिक र कुशल तरिकासँगै काम गर्ने आशा गरेका छौं।’

    २०८१ वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव डा. रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियू झाओ हुईले यससम्बन्धी सम्झौतामा गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend