बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा डेंगी संक्रमणबाट युवतीको मृत्यु

काठमाडौंमा डेंगी संक्रमणबाट युवतीको मृत्यु

images
२०८२ श्रावण ३० गते, शुक्रवार
२०८२ श्रावण ३० गते, शुक्रवार
  • काठमाडौं। डेंगी संक्रमणबाट काठमाडौंको टेकु अस्पतालमा उपचाररत एक युवतीको मृत्युु भएको छ।

    images

    मंगलबार अस्पताल भर्ना भएकी २४ वर्षीया ती युवतीको टेकु अस्पतालमा आईसीयूमा उपचार भइरहेको थियो। उनको बुधबार मृत्यु भएको हो।

    images

    अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेका अनुसार ती युवती अस्पतालमा उपचारका लागि आउँदा नै स्वास्थ्य अवस्था जटिल थियो। तर पनि उनलाई आइसियुमा राखेर उपचार गरिंदै थियो।

    `उहाँ अस्पताल आउँदा नै सिरियस हुनुहुन्थ्यो, तर पनि आइसियुमा राखेर उपचार हुँदै थियो। उहाँको उपचारकै क्रममा निधन भयो।´ डा चालिसेले भने।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार यस वर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

    यस्तै तीन जिल्ला बाहेक ७४ जिल्लामा डेंगी फैलिएको छ। गत साताको तथ्यांकअनुसार मात्रै १८० जना नयाँ संक्रमित थपिएका छन्।

    ईडीसीडीका अनुसार बागमती प्रदेशमा २९८ जनामा यस वर्ष डेंगी संक्रमण पुष्टि भएको छ। यस्तै कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend