बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जापानिज इन्सेफलाइटिसबाट सिन्धुलीमा वृद्धको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट सिन्धुलीमा वृद्धको मृत्यु

images
२०८२ श्रावण २९ गते, बिहिवार
२०८२ श्रावण २९ गते, बिहिवार
  • सिन्धुली। जापानिज इन्सेफलाइटिसबाट सिन्धुलीमा एक वृद्धको मृत्यु भएको छ। 

    images

    लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसबाट मंगलबार कमलामाई नगरपालिका–४, साङ्बाले हायुटार निवासी ७९ वर्षीय दीपबहादुर कार्कीको मृत्यु भएको हो।

    images

    जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्निसियन गङ्गाराम कार्कीका अनुसार दीपकबहादुरको धुलिखेल अस्पतालबाट उपचार गरी घर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो। 

    गत वर्ष पनि सिन्धुलीको दुधौलीमा ५७ वर्षका एक पुरुषको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको थियो। यस्तै अर्का एक अहिलेसम्म अचेत अवस्थामा छन्। उनी दुधौली नगरपालिका–१४, ककुरठाकुरका रामबहादुर मगर हुन्।

    जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्निसियन कार्कीका अनुसार जापानिज इन्सेफलाइटिस रोगबाट सङ्क्रमित सुगुर, हाँस लगायतका पशुपक्षीलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा उक्त रोग सर्दछ। तर मानिसबाट मानिसमा भने यो रोग नसर्ने उनको भनाइ छ।

    सो रोग विरुद्ध बालबालिकालाई भ्याक्सिन लगाउने लगायत जनचेतना मुलक कार्यक्रम गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend