बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ

images
२०८२ श्रावण २९ गते, बिहिवार
२०८२ श्रावण २९ गते, बिहिवार
  • काठमाडौं। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्रा डा पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा भरत खत्रीले सपथ लिएका हुन्।

    images

    कार्यक्रममा कुलपति ओलीले नवनियुक्त चारै जना उपकुलपतिहरुलाई स्वच्छ र पारदर्शीरुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी शुभकामना दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend