काठमाडौं। औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स् प्रालि काठमाडौंको एक एन्टिबायोटिक औषधि विक्रीमा रोक लगाएको छ।
सो कम्पनीको टीआइडीजेड–१००० नामक टिनिडाजोल ट्याब्लेटको ब्याच नम्बर टीजेड ३–०२३ लाई विक्री वितरणमा रोक लगाएको हो। सो ब्याचको औषधि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पुष्टी भएको विभागले जनाएको छ।
उक्त ब्याच बजारमा विक्री वितरण नगर्न र बजारमा भएको तत्काल फिर्ता गरी सोको विवरण विभागमा बुझाउन उत्पादक कम्पनीलाई निर्देशन दिएको छ।
सो ब्याचको औषधि सिफारिस तथा प्रयोग नगर्न विभागले सबैमा अनुरोध गरेको छ।




