बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

५५ वटा आधारभूत अस्पताल संचालनमा ल्याउने तयारी, तीनै तहमा समन्वय हुँदै

५५ वटा आधारभूत अस्पताल संचालनमा ल्याउने तयारी, तीनै तहमा समन्वय हुँदै

images
२०८२ श्रावण २८ गते, बुधवार
२०८२ श्रावण २८ गते, बुधवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको बताएका छन्।

    images

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले राखेको  प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले त्यसका लागि तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेको बताए।

    images

    सो क्रममा उनले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको प्रतिनिधि सभा बैठकमा जानकारी गराए।

    ती आधारभूत अस्पतालहरूमा चिकित्सक र उपकरण पुर्याउन तयारी भइरहेको भन्दै उनले कतिपय अस्पताल भने प्रक्रियागत विषय टुङ्गो लाग्न बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको बताए।

    `बाहिरबाट भवन उभिएको देख्छौँ। तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका, मुद्दा परेकालगायत अनेकौँ समस्याहरू छन्, प्रक्रियागत विषयहरू नटुङ्गिएका कारण आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन।´

    बाँके जिल्लाको राप्तीको सोनारी नरैनापुर–४ मा अस्पतालको भौतिक प्रगति शतप्रतिशत भई हस्तान्तरण गर्न बाँकी रहेको जानकारी दिँदै उनले स्तान्तरणलगत्तै सञ्चालनमा आउने उल्लेख गरे।

    सो अस्पताल संचालनका लागि अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि बनेर पारित भइसकेको मन्त्री पौडेलले जवाफ दिने क्रममा बताएका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend