बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विश्व अङ्गदान दिवस

मानव अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउनु पर्छ : स्वास्थ्य मन्त्री

मानव अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउनु पर्छ : स्वास्थ्य मन्त्री

images
२०८२ श्रावण २८ गते, बुधवार
२०८२ श्रावण २८ गते, बुधवार
  • भक्तपुर। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मानव अङ्ग
    प्रत्यारोपण सम्बन्धि नीति नियमलाई खुकुलो बनाउँदै लग्नु पर्ने बताएका छन्।

    images

    बुधबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अङ्गदान दिवसको अवसरमा भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले अङ्ग प्रत्यारोपण सम्बन्धि नीति नियमलाई खुकुलो बनाउँदै लगिनु पर्ने बताएका हुन्।

    images

    `अङ्गदानमा चेतना विस्तार गर्नुपर्दछ, अङ्ग आवश्यक परेकालाई कति लाभ हुन्छ भन्ने सोच्नुपर्दछ र त्यही अनुसार अङ्ग प्रत्यारोपण सम्बन्धि कानुन परिवर्तन गर्नुपर्दछ, यसरी गर्दा दुरुपयोग नहुने गरेर कानुनमा परिवर्तन गरिनु पर्छ।´ मन्त्री पौडेलले भने।

    उनले भारतमा खुलेआम अङ्ग बेचबिखन भएपछि भारतले प्रतिबन्ध लगाएको प्रसङ्ग समेत सुनाए।

    नेपालमा आवश्यकताको २० प्रतिशत पनि अङ्गदान हुन नसकेकाले नीतिनियमलाई खुकुलो बनाउन आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो।

    सरकारले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पुर्याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताए।

    प्रत्यारोपण सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको बताउँदै उनले विशिष्टिकृत उपचारलाई काठमाडौँ उपत्यका बाहिर विस्तार गर्दै लाने नीति मन्त्रालयले लिएको बताए।

    `बीमासँग विपन्नवर्ग जोडियो भने प्रत्यारोपण सुविधा रु नौ लाखसम्म पुग्छ। त्यसैले बिमामार्फत जटिल रोगको उपचारमा राज्यले सुविधा थप्दै जाने र अङ्गदान गर्नेलाई निःशुल्क बिमा गर्ने व्यवस्था आवश्यक छ। यसका लागि लागिरहेका छौँ। मन्त्री पौडेलले भने।

    अङ्ग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान आवश्यक 

    स्वास्थ्य मन्त्री पौडेलले अङ्ग प्रत्यारोपणको छुट्टै प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै सबै सङ्घीय अस्पतालको क्षमता तीनगुणा बढाएर सबैलाई कम्तीमा ५०० शैय्या बनाउनुपर्ने समेत बताए।

    त्यसका आगि दक्ष जनशक्ति, उपकरण एवं पूर्वाधारको व्यवस्था गर्ने प्रयास गरिरहेको भन्दै उनले क्यान्सरकोसमेत छुट्टै प्रतिष्ठान बनाउनु पर्ने आवश्यकता रहेको स्पष्ट पारे।

    मन्त्री पौडेलले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यक पर्ने पेट सिटीस्क्यान मेसिन विस्तार गर्दै लगिने पनि बताए।
        
    कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अगाडि सार्नुपर्ने बताए।

    यस्तै प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले भक्तपुरको प्रत्यारोपण केन्द्रमा बिरामीको चाप बढेसँगै शैय्या अभाव र सेवा विस्तारले ठाउँ अभाव भएको हुँदा अस्पताललाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताए।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपण गर्ने ऐतिहासिक कार्यको सुरूआत हुनु नै स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालमै मिर्गाैला र कलेजो प्रत्यारोपणले राज्यको अर्बौं रूपैयाँ विदेशिनबाट जोगिएको बताए।

    यस्तै अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण सेवाको सुरूआत भएसँगै बिरामीलाई आर्थिक तथा मानसिक रूपमा धेरै सहज भएको बताए। उनले प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताए।

    कार्यक्रममा प्रत्यारोपण संयोजक डा कल्पनाकुमारी श्रेष्ठ, मस्तिष्क मृत्युबाट प्राप्त व्यक्तिको अङ्गदानबाट नयाँ जीवन पाएका शिव महर्जनले अङ्गदान र जीवनबारे अनुभव सुनाएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend