बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य बीमामा थप एक लाखको सेवा कसले र कसरी पाउँछन्?

स्वास्थ्य बीमामा थप एक लाखको सेवा कसले र कसरी पाउँछन्?

सिफारिस लिन कहाँ जाने?

images
२०८२ श्रावण २८ गते, बुधवार
२०८२ श्रावण २८ गते, बुधवार
  • काठमाडौं। सरकारले स्वास्थ्य बीमा सेवाको दायरा फराकिलो बनाएपछि यही साउन १ गतेदेखि आठ प्रकारका जटिल रोगहरुमा बिमितले दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा पाउने व्यवस्था लागू गरिएको छ।

    images

    स्वास्थ्य बीमा कार्यक्रममा थप एक लाखसम्मको सुविधा उपलब्ध गराउनेसम्बन्धी कार्यविधी २०८२ अनुसार सुविधा थप गरिएको हो।

    images

    कस्ता रोगीले पाउँछन् दुई लाखसम्मको सुविधा?

    सरकारले आठवटा रोगलाई कडा रोगको रुपमा वर्गीकृत गरी विविभन्न माध्यमबाट सहुलियत दिँदै आएको छ। यसमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइन इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर छन्।

    स्वास्थ्य बीमा बोर्डको गत असार २६ गतेको बोर्ड बैठकले सुविधा थप गर्नेबारेको कार्यविधी स्वीकृत गरेको थियो।

    सुविधा लिन केके चाहिन्छ?

    जटिल आठ रोगका बिरामीले दुई लाख रुपैयाँसम्मको सुविधा लिन स्वास्थ्य बीमा नियमित नवीकरण गरेको हुनुपर्नेछ। त्यसका लागि बीमा परिचयपत्र, चिकित्सकको सिफारिस, स्थानीय तहको सिफारिस,नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपी आवश्यक पर्छ। नाबालकको हकमा नाबालक प्रमाणित हुने कागजात आवश्यक पर्दछ।

    थप सुविधा प्राप्त गर्न व्यक्ति स्वयमको नामबाट नागरिकता वा राष्टिय परिचयपत्र नम्बरसहितको निवेदन स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखालाई पेश गर्नुपर्छ।

    कडा आठ मध्ये कुन प्रकारको रोगको उपचार गराइरहेको भन्ने प्रमाणित गर्ने कागजात चिकित्सकले स्थानीय तहलाई पठाउनेछन्। त्यसपछि स्थानीय तहले सम्पूर्ण विवरणसहितको सिफारिस बोर्डको जिल्ला कार्यालयलाई पठाउनेछ।

    बीमाबाट दुई लाखको सुविधा लिएपछि अन्य सहुलियत पाइन्छ की पाइँदैन?

    सरकारले विपन्न नागरिक औषधि उपचार खर्चबापत् यीनै आठ रोगका बिरामीको उपचारमा बार्षिक एकलाखदेखि साढे पाँच लाख रुपैयाँसम्म सहुलियत दिँदै आएको छ। बीमाबाट थप सुविधा पाएपनि नागरिकले सो सुविधा निरन्तर लिन पाउनेछन्।

    तर बीमामा भने एक लाख रुपैयाँसम्मको सुविधा अपुग भएमा मात्रै दुई लाख बराबरको उपलब्ध हुनेछ। सत्तरी वर्षभन्दा माथिका ज्येष्ठ नागरिक भएमा परिवारको एक व्यक्तिले यो सुविधा पाउने कार्यविधीमा उल्लेख छ। सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरुमा पछिल्लो अर्थात् २०८१ सालमा निर्धारण भएको दररेट लागू हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend