बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

`कुलिङ अफ पिरियड’ बारे प्रश्न उठेपछि रामहरी खतिवडाले दिए समिति सभापतिबाट राजिनामा

`कुलिङ अफ पिरियड’ बारे प्रश्न उठेपछि रामहरी खतिवडाले दिए समिति सभापतिबाट राजिनामा

images
२०८२ श्रावण २७ गते, मंगलवार
२०८२ श्रावण २७ गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजिनामा दिएका छन्।

    images

    मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले पदबाट राजीनामाको घोषणा गरेका हुन्।निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा त्रुटी देखिएपछि उनीमाथि प्रश्न उठाइएको थियो।

    images

    विधेयकको व्यवस्थामा देखिएको त्रुटीबारे आफ्नो कुनै हात नरहेपनि छानवीन प्रतिवेदनमा जिम्मेवार भन्ने शब्द प्रयोग भएको हुँदा सभापतिको जिम्मेवारी बोध गर्दै आजैबाट राजिनामा दिएको खतिवडाले बताए।

    “विद्येयकका बारेमा जे जस्तो त्रुटी वा जसबाट लेख भएपनि के गल्ती भएको हो भोलीका दिनमा प्रमाणित हुनेछ। उक्त विधेयक प्रतिवेदनमा मेरो हस्ताक्षर परेको नाताले मैले जिम्मेवारी बहन गर्नुपर्छ भन्ने मलाई लागेको छ”, उनले राजिनामा घोषणा गर्दै भने।

    दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राखिनुपर्नेमा आफू अडिग रहेको उनले बताए। विधेयकमा त्रुटी भएको थाहा पाएकै दिन आफूले गाडी लगायतका सुविधा फिर्ता गरेको उनले जानकारी गराए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend