बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नीजि मेडिकल कलेजमा सिट र शुल्क नबढाउन प्रधानमन्त्रीलाई डा.केसीको चेतावनी

नीजि मेडिकल कलेजमा सिट र शुल्क नबढाउन प्रधानमन्त्रीलाई डा.केसीको चेतावनी

अन्यथा सत्याग्रहसहितको आन्दोलन गर्ने

images
२०८२ श्रावण २७ गते, मंगलवार
२०८२ श्रावण २७ गते, मंगलवार
  • काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले निजी मेडिकल कलेजहरुमा सीट संख्या नबढाउन प्रधानमन्त्रीलाई चेतावनी दिएका छन्।

    images

    डा. केसीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै सट संख्या र शुल्क नबढाउन  प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र चिकित्सा शिक्षा आयोललाई चेतावनी दिएका हुन्।

    images

    “निजी मेडिकल कलेजमा पनि सिट नबढाउन र शुल्क नबढाउन ओली सरकार लगायत आयोगको पुन ध्यानाकर्षण गराउँदै चेतावनी दिन्छौं। अन्यथा सत्याग्रह सहितको आन्दोलन गर्न बाध्य हुनेछौं भन्ने कुरा जानकारी गराउन चाहन्छौं,” जारी विज्ञप्तीमा भनिएको छ।

    राज्य नेतृत्व पक्ष पदको दुरुपयोग गरि निजी कलेज, सिट र शुल्क वृद्धि गर्न आतुर रहेको उनको आरोप छ।

    “गैरकार्यकारी  अध्यक्ष तथा प्रधानमन्त्रीले ऐन विपरीत आयोगका कार्यकारीलाई  सुनियोजित ढंगले पन्छाई हतारहतार सिट बढाउने समिति गठनगरी प्रतिवेदन पनि आफैं बुझिलिनुले पनि प्रधानमन्त्रीको  स्वार्थपरक उदेश्य स्पष्ट हुन्छ”, विज्ञप्तीमा भनिएको छ।

    जुनसुकै निहित कारणले होस्, मेडिकल कलेज तथा संस्थानमा भर्ना सिट संख्या बढाउने निर्णयले मेडिकल शिक्षाको गुणस्तरमा मात्रै नभएर आम नेपालीको स्वास्थ्यमा खेलवाड हुने उनको भनाइ छ।

    डा. केसीले यसअघि सरकार र आफूबीच भएका विभिन्न सहमति कार्यान्वयनका लागि पनि विज्ञप्तीमार्फत् दबाव दिएका छन्।

    प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड संबन्धि ऐन लगायत एकीकृत प्रतिष्ठान ऐन तुरुन्त पारित गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान खोल्न र सरकारी स्वास्थ्य संस्थाहरूमा दरबन्दी वृद्धि गर्ने लगायतका हामीसँग भएका सबै सम्झौताहरू तत्काल कार्यान्वयन गर्न डा. केसीको माग छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend