कठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३३औँ सभा बैठक जारी छ। वीर अस्पतालको सभाहलमा सोमबार बिहान १०ः३० बजेदेखि बैठक बसिरहेको हो।
३३औँ सभा बैठकमा न्याम्सको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ। साथै स्वास्थ्य शिक्षा तथा अनुसन्धानको वर्तमान अवस्था, भावी योजना र नीति सुधारका प्रस्तावहरूबारे छलफल भइरहेको छ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेत तथा अन्य पदाधिकारीहरु, अनुसन्धानकर्ता तथा स्वास्थ्य शिक्षा क्षेत्रमा संलग्न विज्ञहरूको उपस्थिति छ।




