काठमाडौं। हमासद्वारा गाजामा बन्धक बनाइएका विपिन जोशिको रिहाइको माग गर्दै उनकी आमा र बहिनी इजरायल प्रस्थान गरेका छन्।
कन्चनपुरका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहानै इजरायल सरकारको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फ्लाई दुबईको विमन्न मार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्।
नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विपिनकी आमा र बहिनीलाई विमानस्थलमा बिदाइ गरेका गरेका हुन्।
इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्याउने र अमेरिकी राष्ट्रपति ट्रम्पसँग समेत भेट गराउने योजना बनाएको बताईन्छ। इजरायल पुगेपछि दुतावास मार्फत उनीहरूलाई आवश्यक साथ सहयोग हुनेछ।
विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। उनी २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। उनको अवस्था सार्वजनिक गरिनु पर्ने माग सहित अन्तर्राष्ट्रिय स्तरमा नै माग हुँदै आइरहेको छ।



