बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रपति पौडेलद्वारा जनैपूर्णिमा एवम् रक्षावन्धनको शुभकामना

राष्ट्रपति पौडेलद्वारा जनैपूर्णिमा एवम् रक्षावन्धनको शुभकामना

images
२०८२ श्रावण २४ गते, शनिवार
२०८२ श्रावण २४ गते, शनिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेक छन्।

    images

    राष्ट्रपति पौडेलले आज एक शुभकामना सन्देश दिंदै नवयज्ञोपवित एवम् रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीहरूबीच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

    images

    जनैपूणिर्मा एवम् ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्त्व रहेको बताउँदै उनले विभिन्न जातजाति,भाषाभाषी, संस्कृति, चाडपर्व  र परम्परा रहेको हाम्रो देशमा मनाईने यसप्रकारका चाडपर्वहरूले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनौउन योगदान दिने विश्वास पनि व्यक्त गरेका छन्।

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवम् रक्षाबन्धन ग्रहण गर्नुभएको छ । 

    यसैबीच राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेका छन्।

    राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend