बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्छ  ः गृहमन्त्री

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्छ  ः गृहमन्त्री

images
२०८२ श्रावण २२ गते, बिहिवार
२०८२ श्रावण २२ गते, बिहिवार
  • काठमाडौं। गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने बताएका छन।

    images

    बिहीबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताए।

    images

    “नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर छ।” उनले भने, “२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ।”

    उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउदै त्यसमा नेपाल पनि रहेको बताए।

    “संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सुचना प्राप्त गर्नुपर्छ भनेको छ ।” उनले भने, “हामी अहिले त्यसको मार्गचित्र बनाउदै छौ थोरै पछाडी परेका छौ अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्व सुचना पाउने सुनिश्चिता गर्छ।”

    उनले अहिले पूर्वसुचना प्रणालीले मानविय क्षति नभएको बताए। पूर्वसुचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको उनको भनाई थियो।

    “जुन ठाउँमा हामीले पूर्व सुचना दिनसक्यौ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानविय क्षति भभएको छैन।” उनले भने, “जुन ठाउँमा पूर्व सुचना दिन सकेनौ तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि मानसवय क्षति भएको छ।”

    उनले रसुवामा आएको बाढीबारे पूर्व जानकारी नहुँदा जनधनको क्षति भएको पनि बताए। उनले गत वर्ष कञ्चनपुरमा ७७ वर्ष यताकै सबैभन्दा ठुलो वर्षा हुँदा पनि पूर्व सुचना हुँदा मानविय क्षति नभएको बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend