बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ : राष्ट्रपति

खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ : राष्ट्रपति

images
२०८२ श्रावण २१ गते, बुधवार
२०८२ श्रावण २१ गते, बुधवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन।

    images

    भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताए।

    images

    ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरुले किर्तिमान र सफलता हासिल गर्न सक्दछन्।’ उनले भने।

    राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको बताउँदै भने, ‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु।’ 

    उनले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रविन्द्र ढाटले आफ्नो खेल कौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूको लागि गौरवको विषय भएको बताए।

    राष्ट्रपति पौडेलले ढाटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend