काठमाडौं। नसर्ने राेगका कारण विश्वमा वार्षिक ४३ लाख जनसंख्याको मृत्यु हुने गरेकाे छ।
विश्व स्वास्थ्य संगठनकाे सन् २०२१ काे तथ्यांक अनुसार पछिल्ला वर्षहरुमा याे संख्या निरन्तर उकालाे लागिरहेकाे देेेखाएको हो। जसअनुसार मृत्यु हुनेमा ७३ प्रतिशत न्यून आय भएका मुलुक छन।
नेपालकाे हकमा मृत्यु गराउने नसर्ने राेगमध्ये पहिलाे नम्बरमा मुटु राेग छ। ३० प्रतिशत जनसंख्याको मृत्यु मुटुसम्बन्धी समस्याका कारण भइरहेकाे छ भने ९ प्रतिशतकाे क्यान्सरबाट मृत्युु भइरहेकाे छ।
यस्तै श्वासप्रश्वाससम्बन्धि दीर्घराेगबाट १० प्रतिशत र मधुमेहका कारण ४ प्रतिशतकाे मृत्यु भइरहेकाे नसर्ने राेगमा पैरवी गरिरहेकाे संस्था नेपाल एनसीडी अलायन्सकाे तथ्यांक छ।
सन् २०५० सम्ममा विश्वव्यापी मृत्यु गराउने पाँच प्रमुख कारणहरु नसर्ने राेग नै हुने विश्व स्वास्थ्य संगठनकाे प्रक्षेपण छ।



