काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ठुला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि आवेदन दिएका ५५ जना मध्ये २४ जनालाई सटलिस्टमा छानेको छ।
कुल ५५ जनाले आवेदन दिएकोमा मन्त्रालयले एक प्रतिष्ठानमा ६ जनालाई सटलिस्टमा पर्ने गरि २४ जनाको नाम प्रकाशित गरेको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(धरान), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि स्वास्थ्य मन्त्रालयले असार ४ गते मा दरखास्त आह्वान गरेको थियो। यी सबैमा गरि ५५ जनाको आवेदन परेको थियो। जसअनुसार ३१ जना लिस्टबाट आउट भएका छन।
मन्त्रालयले अब हुने कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ताका लागि प्रत्येक प्रतिष्ठानबाट ६–६ जनालाई सटलिस्टमा राखेको हो।
सटलिस्टमा परेकाहरुको अन्तर्वार्ता तथा प्रस्तुतिकरण साउन २२ र २३ गतेका लागि तोकिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित सूचना अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि साउन २२ गते बिहान ९ बजे र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सोही दिन दिउँसो २ बजेका लागि अन्तर्वाको समय निर्धारण गरिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साउन २३ गते बिहान ९ बजे र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिही दिन दिउँसो २ बजे अन्तर्वार्ता हुने छ।
यी हुन सर्टलिस्टमा पर्नेहरु :





