बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दैनिक १७ जनामा डेंगी संक्रमण, धेरै कास्कीमा

दैनिक १७ जनामा डेंगी संक्रमण, धेरै कास्कीमा

images
२०८२ श्रावण २० गते, मंगलवार
२०८२ श्रावण २० गते, मंगलवार
  • काठमाडौं। पछिल्लो साता दैनिक १७ जनामा डेंगी संक्रमण देखिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार पछिल्लो २४ घण्टामा १७ जनामा संक्रमण पुष्टी भएको छ।

    images

    अगस्टका चार दिनमा मात्रै ६१ जना संक्रमित थपिएको इडीसीडीको तथ्यांक छ। ईडीसीडीका अनुसार जनवरीयता ४ अगस्टसम्म दुई हजार ६३५ जनामा डेंगी संक्रमण देखिएको छ।

    images

    ७४ जिल्लामा संक्रमण फैलिएकोमा सबैभन्दा धेरै केस कास्कीमा देखिएको छ। कास्कीमा हालसम्म २७० जनामा डेंगी पुष्टी भएको छ भने काठमाडौंमा २५१ जना संक्रमित भएका छन्। यीबाहेक अन्य जिल्लामा दुईसयभन्दा कम संख्यामा डेंगी देखिएको छ।

    मनाङ डोल्पा र हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ। यो विभिन्न अस्पतालबाट सरकारको अर्लि वानिर्ङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) मा रिपोटिङ भएको तथ्यांक हो। तर समुदायमा योभन्दा दसौँ गुणा बढी संक्रमित रहेको हुनसक्ने ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन्।

    ईडीसीडीले सन् २०२५ अन्तिम सम्ममा करिब ६० हजार नागरिकमा डेंगी संक्रमण देखिने प्रक्षेपण गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend