बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कक्षा १२ को नतिजा : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, कुन जिपिए ल्याउने कति?

कक्षा १२ को नतिजा : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, कुन जिपिए ल्याउने कति?

images
२०८२ श्रावण १९ गते, सोमवार
२०८२ श्रावण १९ गते, सोमवार
  • काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ।

    images

    प्रकाशित नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ३८.८३ प्रतिशत विद्यार्थीको एनजी(ननग्रेड) आएको छ।

    images

    सोमबार नतिजा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र ३८.८३ प्रतिशत विद्यार्थीको एनजी(ननग्रेड) आएको बताए।

    परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी थिए।

    त्यस्तै आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी थिए।

    प्रकाशित नतिजा कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। तीमध्ये सबैभन्दा उच्च ग्रेड ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३ हजार ५०२ छ।

    त्यस्तै, जीपीए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थी ५५ हजार ८९६ जना छन्। यसैगरी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २६८ जना छन्।

    २.४१ देखि २.८० ल्याउनेको सङ्ख्या ६९ हजार ८१२ छ। २.०१ देखि २.४० बिचका विद्यार्थी ८ हजार ९६४ रहेका छन्। १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी सङ्ख्या २३ मात्र छ।

    परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएका कारण कुल १७ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। तीमध्ये नियमित तर्फ ११ र आंशिक तर्फ ६ जनाको परीक्षा रद्द गरिएको हो।

    बोर्डले कक्षा १२ को पूरक परीक्षाबारे पनि जानकारी दिएको छ। जसअनुसार आगामी भदौ २८ र २९ गते पूरक परीक्षा(ग्रेड वृद्धि) हुने बोर्डका अध्यक्ष शर्माले जानकारी दिएका हुन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend