बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

औषधिमा परनिर्भर रहेको अवस्थालाई नेपाली उत्पादनले रोकेको छ : स्वास्थ्य मन्त्री

औषधिमा परनिर्भर रहेको अवस्थालाई नेपाली उत्पादनले रोकेको छ : स्वास्थ्य मन्त्री

images
२०८२ श्रावण १९ गते, सोमवार
२०८२ श्रावण १९ गते, सोमवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधिमा परनिर्भर रहेको अवस्थालाई नेपाली उत्पादनले रोकेको बताएका छन।

    images

    नेपाल औषधि उत्पादक संघ (एपोन) को ३१ औं वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले औषधिमा परनिर्भर रहेको अवस्थालाई नेपाली उत्पादनले रोकेको बताएका हुन।

    images

    उनले नेपाली औषधि उत्पादकहरुलाई प्रोत्साहित गर्ने काम सरकारको भएको पनि बताए।

    `नेपाली औषधि उत्पादकहरुलाई प्रोत्साहित गर्ने, वृत्ति विकास गर्ने दायित्व सरकारको हो, यसमा सरकारले इमानदारीपुर्वक प्रयास गर्छ, सरकारले खरीद गर्न सक्ने औषधि केके हुन, नीतिगत तहमा सुधार गर्ने विषय केके हुन्छन, यसमा सहकार्य गर्न सरकार तयार छ।´ मन्त्री पौडेलले भने।

    उनले हरेक देश उत्पादनमा आत्मनिर्भर बन्न चाहने भन्दै उत्पादन नै नहुने वस्तुको मात्रै आयात हुनु पर्नेमा पनि जोड दिए।

    `हरेक देश उत्पादनमा आत्मनिर्भर बन्न चाहन्छ, म आयातकर्ता साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, उत्पादन हुने चिज आयात नगरौं, उत्पादन नहुने चिज मात्र आयात गरौं, यो राष्ट्र बनाउने सिद्धान्त भित्रकै कुरा हो।´ मन्त्री पौडेलले धारणा राख्दै भने।

    उनले औषधिको मूल्य समायोजनमा उत्पादकलाई पनि समेटेर नीति बनाउन आफू तयार रहेको बताए। `केही झन्झटिला विषय छन भने सुधार गर्न तयार छौं, मूल्य समायोजनमा उत्पादकलाई पनि समेटेर नीति बनाउन प्रयास हुनेछ।´ 

    मन्त्री पौडेलले औषधि नागरिकको प्रत्यक्ष सरोकारको विषय भएको बताए।

    `औषधि नागरिकको प्रत्यक्ष सरोकारको विषय हो, संवेदनशील विषय हो, घाटामा ब्यवसाय गर्नुस भन्न मिल्दैन, कानुनीदायरा भित्र रहेर उत्पादन मुलक ब्यवसाय गरिरहनु भएको छ, ब्यवसायीक धर्म भित्र रहेरै गरिरहनु भएको छ, म मन्त्रीका हिसाबबाट हेर्दा नागरिकलाई कसरी सेवा दिन सकिन्छ भनेर हेर्नू मेरो दायित्व हो, संघले नागरिकका पक्षमा काम गरोस्।´ मन्त्री पौडेलले भने।

    `वन मन्त्रीले रुख काट्न नदिने, भौतिक मन्त्रीले रुख काटेर बाटो बनाउने, उद्योग मन्त्रीले उद्योग ब्यवसाय राम्रो बनाउने, स्वास्थ्य मन्त्रीले नागरिकको स्वास्थ्यको सवालमा सचेत भएर काम गर्ने हो।´ धारणा राख्दै उनले भने।

    उपभोक्ताले कुनै वस्तु किन्छ भने त्यसको सार्वभौम मूल्य थाहापाउनु पर्नेमा उनको जोड थियो। `जति सजिलो गरेर मूल्य थाहापाउने बनाउन सकिन्छ, त्यति पारदर्शी बनाउन सकिन्छ।´ उनको भनाइ थियो।

    मन्त्री पौडेलले औषधिमा गुणस्तरीय भन्ने प्रश्न उठ्नु नै गलत भएको दाबी गरे। `औषधि भन्ने बित्तिकै गुणस्तरीय हुनु पर्छ, औषधिमा गुणस्तरीय भन्ने कुरा पनि भन्नू पर्ने कुरा हो र? एम आरआइमा पनि गुणस्तरीय, सिटि स्क्यान पनि गुणस्तरीय भन्ने यस्तो पनि हुन्छ?´ यो प्रश्न गर्नु पर्ने विषय नै होइन।´ 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend