बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

वसन्तपुर पुगे राष्ट्रपति

वसन्तपुर पुगे राष्ट्रपति

images
२०८२ श्रावण १९ गते, सोमवार
२०८२ श्रावण १९ गते, सोमवार
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गरेका छन।

    images

    सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गरे।

    images

    राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्राहलय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरे।

    सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरब, तजेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचाेक, त्रिशुलचाेकलगायतका स्थानको अवलोकन गरेका छन।

    साे क्रममा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वर्जाचार्यसहित काठमाडौं महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरूलगायतकाे उपस्थिति थियाे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend