बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एपोन अध्यक्षमा विप्लव, महासचिवमा सन्तोष : कार्यसमितिमा अन्य कोको अटाए?

एपोन अध्यक्षमा विप्लव, महासचिवमा सन्तोष : कार्यसमितिमा अन्य कोको अटाए?

images
२०८२ श्रावण १९ गते, सोमवार
२०८२ श्रावण १९ गते, सोमवार
  • काठमाडौ। नेपाल औषधि उत्पादक संघ (एपोन)को पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन गरिएको छ।

    images

    सोमबार सम्पन्न ३१ औं वार्षिक साधारणसभाले २०८२-०८४ का लागि अधिकारीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो। संघको निवर्तमान अध्यक्षमा महेश प्रधान, नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रभात रुंगटा सर्वसम्मत भएका छन। उनी यसअघि पनि वरिष्ठ उपाध्यक्ष थिए।

    images

    यसैगरी उपाध्यक्षमा पृथ्वी राज भण्डारी (निजु) चयन भएका छन भने महासचिवमा सन्तोष बराल चयन भएका छन। बराल यसअघि उपाध्यक्ष थिए।

    यस्तै सचिव पदमा गिरिराज पाठक (गणेश), कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठ चयन हुँदा कार्यसमिति सदस्यमा शैलेस बैद्य , पन्कज  तिवारी , इश्वर भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवन दाहाल निर्विरोध चुनिएका छन।

    यसअघि आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता गर्दा अध्यक्ष पदका लागि दीपक प्रसाद दाहालले पनि उम्मेदवारी दिएका थिए। उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर अधिकारीलाई नै समर्थन गर्दा सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो।

    निर्वाचित भएपछि पहिलो बैठक बस्दै नवनिर्वाचित कार्यसमिति

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend