बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

images
२०८२ श्रावण १९ गते, सोमवार
२०८२ श्रावण १९ गते, सोमवार
  • काभ्रे। काभ्रेपलान्चोकमा नागरिकलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष स्थापना गरिएको छ।

    images

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा प्रमुख आतिथ्यतामा आइतबार आयोजित एक कार्यक्रममार्फत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेले सो कोषको स्थापना गरेको हो।

    images

    मन्त्री थापाले सो कोषमा व्यक्तिगत रुपमा आफ्नो तर्फबाट रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणासमेत गरे।

    “रेडक्रसले विपदका समयमा जनताका पक्षमा धेरै काम गरेको छ, निःशुल्क रुपमा रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष स्थापना गर्नु सराहनीय कार्य हो।´ मन्त्री थापाले भने।

    थापाले बागमती प्रदेश सरकारका तर्फबाट कोषमा रु २५ लाख राखेको जानकारी पनि गराए। उनले सो अवसरमा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी थप कार्य तथा रगत सङ्कलनार्थ आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा सभापति देवेन्द्र भैलले जिल्लावासी कोही पनि रगत अभावका कारणले मर्नु नपरोस् भन्न अभियान थालिएको बताए।

    उनका अनुसार जिल्लास्थित रेडक्रसले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दै आएको र त्यसलाई थप व्यवस्थापन तथा प्रविधिमैत्री बनाउने प्रयास भैरहेको बताए। सभापति भैलले सो अवसरमा आफ्नो तर्फबाट कोषमा ५० हजार प्रदान गर्ने घोषणा पनि गरे।

    अक्षयकोषका लागि जिल्लामा रहेका ३८ वटा उपशाखाले जनही रु एक लाखका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बनेपा उपशाखाले १० लाख, कुशादेवी उपशाखा रु पाँच लाख, पनौती उपशाखाले १ लाख ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीका उपसचिव रत्नकुश रञ्जितले १ लाख एक हजार, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले ५५ हजार, बनेपाका देशसुधार भैलले ५० हजार, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले ५० हजार, पाँचखाल नगरप्रमुख महेश खरेलले ५० हजारलगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend