बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाल औषधि उत्पादक संघको नयाँ नेतृत्व चुन्न उम्मेदवारी दर्ता आज, मतदान भोलि

नेपाल औषधि उत्पादक संघको नयाँ नेतृत्व चुन्न उम्मेदवारी दर्ता आज, मतदान भोलि

images
२०८२ श्रावण १८ गते, आइतवार
२०८२ श्रावण १८ गते, आइतवार
  • काठमाडौं। नेपाल औषधि उत्पादक संघ (एपोन) को महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि भोलि साउन १९ गते निर्वाचन हुँदै छ। त्यसका लागि निर्वाचन समितिले कार्यतालिका प्रकाशन गरेको छ।

    images

    निर्वाचनका समितिका संयोजक प्रज्वलजंग पाण्डेका अनुसार कार्यसमितिमा प्रतिनिधित्व गर्ने कुल १३ पद संख्याका लागि मतदान हुनेछ।

    images

    सार्वजनिक निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावली प्रकाशनका लागि आज १० बजेको समय तोकिएको थियो भने मतदाता नामावली माथि दाबी विरोधका लागि साँढे १२ बजेसम्म को समय तोकिएको छ।

    यसैगरी अन्तिम मतदाता नामावली प्रकाशन आजै १ बजेका लागि तोकिएको छ भने उम्मेदवारको मनोनयन दर्ताका लागि साँढे १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ। मनोनयन दर्ता एपोनको कार्यालयमा हुनेछ।

    यस्तै उम्मेदवारको नामावली प्रकाशन आज साँढे ४ बजे हुनेछ भने उम्मेदवारको उम्मेदवारीमाथि दाबी विरोधका लागि भोलि सोमबार ९ बजेसम्मको समय कायम गरिएको निर्वाचन समिति संयोजक पाण्डेले जानकारी दिए। उनका अनुसार उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा सोमबार ११ बजेसम्म फिर्ता लिन सक्ने छन।

    यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार अर्थात भोलि साँढे ११ बजे हुनेछ भने मतदानका लागि १ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको एपोनका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए।

    मतदान सकिए लगत्तै मतगणना हुने गरि निर्वाचन समितिले तयारी गरेको छ। निर्वाचन कमिटीमा पुर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवत्ता रमेश प्रसाद धिताल सदस्य छन।

    एपोनको नेतृत्वमा हाल महेश प्रसाद प्रधान छन। एपोनको विधानमा अध्यक्ष बन्न एक कार्यकाल वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वा महासचिव (पदाधिकारी) रहेको हुनु पर्ने ब्यवस्था छ। ती पदमा एक कार्यकाल रहिसकेका पदाधिकारी अध्यक्षका लागि योग्य हुने छन। यस्तै पदाधिकारी सदस्यहरु मध्येबाटै चयन हुने छन।

    यस्तो छ निर्वाचन कार्यतालिका 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend