बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नु पर्छ : डा शेखर कोइराला

बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नु पर्छ : डा शेखर कोइराला

images
२०८२ श्रावण १७ गते, शनिवार
२०८२ श्रावण १७ गते, शनिवार
  • बिराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन्।

    images

    कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो। नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे।

    images

    बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे।

    नेपाली कांग्रेस विराटनगर महानगर-४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी रहेको समेत बताए।

    राजनीतिप्रति युवाहरुको बितृष्णा रहेको भन्दै कोइरालाले यो बितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको प्रष्ट पारे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend