बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सँगसँगै र्फैलिँदै डेंगी र कोरोना, तीन जनाको मृत्यु

सँगसँगै र्फैलिँदै डेंगी र कोरोना, तीन जनाको मृत्यु

images
२०८२ श्रावण १६ गते, शुक्रवार
२०८२ श्रावण १६ गते, शुक्रवार
  • काठमाडौं। पछिल्लो समय कोरोना र डेंगी संक्रमण सँगसँगै फैलिइरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार पछिल्ला साताहरुमा दैनिक सात जनामा कोरोना र बीसभन्दा बढीमा डेंगी पुष्टी भइरहेको छ।

    images

    ईडीसीडीका अनुसार जनवरीयता ३१ जुलाइसम्म ४१६ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो साता मात्रै २१ जना संक्रमित भएका छन्। ४९ जिल्लामा फैलिएको संक्रमणबाट हालसम्म तीन जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ।

    images

    सोही अवधिमा दुई हजार ४५१ जनामा डेंगी संक्रमण पुष्टी भएको छ। पछिल्लो साता १५७ जना संक्रमित भएको र डेंगी ७४ जिल्लामा फैलिएको ईडीसीडीको तथ्यांक छ।

    डेंगीबाट सबैभन्दा धेरै काठमाडौंमा २४१ जना संक्रमित भएका छन्। यस्तै कास्की, पाल्पा, तनहुँ र सुनसरीमा पनि एकसयभन्दा बढी संक्रमित भएको इडीसीडीको तथ्यांक छ। मनाङ डोल्पा र हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ।

    यो विभिन्न अस्पतालबाट सरकारको अर्लि वानिर्ङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) मा रिपोटिङ भएको तथ्यांक हो। तर समुदायमा योभन्दा दसौँ गुणा बढी संक्रमित रहेको हुनसक्ने ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन्।

    ईडीसीडीले सन् २०२५ अन्तिम सम्ममा करिब ६० हजार नागरिकमा डेंगी संक्रमण देखिने प्रक्षेपण गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend