बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

यौनशक्ति बढाउने र कडा रोग निको पार्ने भन्दै नक्कली उत्पादनको बिगविगी, विभागले थाल्यो कारबाही

यौनशक्ति बढाउने र कडा रोग निको पार्ने भन्दै नक्कली उत्पादनको बिगविगी, विभागले थाल्यो कारबाही

images
२०८२ श्रावण १६ गते, शुक्रवार
२०८२ श्रावण १६ गते, शुक्रवार
  • काठमाडौं। मोटोपना घटाउने, यौनशक्ति बढाउनेजस्ता नाममा नक्कली औषधि बजारमा विक्री वितरण भइरहेको पाइएको छ।

    images

    औषधि व्यवस्था विभागले क्यान्सर, युरिक एसिड, प्रोस्टेटजस्ता रोग निको पार्ने तथा जाँड रक्सीको लत छुटाउने भन्दै अनाधिकृत औषधि विक्री वितरण भइरहेको भन्दै सतर्क गराएको छ।

    images

    डीफ्युजल एल, १०० हर्स पावर, ३० मिनेट प्लस स्टप्स, बूजी लगायतको नाम गरेका औषधि नक्कली रहेको विभागले जनाएको छ। विभागले ति औषधि उत्पादक तथा विक्री वितरकविरुद्ध कानुनी कारबाही अघि बढाएको हो।

    साथै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट यस्ता औषधिको भ्रामक विज्ञापन गरेको पाइएकाले तत्काल हटाउन पनि विभागको निर्देशन छ।

    वैज्ञानिक रुपमा प्रमाणित र नियामक निकायबाट सिफारिस नभएका औषधिको प्रयोगले अंगभंग हुनसक्ने तथा स्वास्थ्यमा गम्भीर जटिलता निम्त्याउनसक्ने भन्दै प्रयोग नगर्न विभागले आग्रह गरेको छ।

    अनाधिकृत औषधि उत्पादन र ओसारपसार तथा विक्रीवितरण तुरुन्त रोक्न विभागले चेतावनी पनि दिएको छ।

    यी हुन प्रतिबन्धित नक्कली औषधि 

    १. पौरुष हेल्थ जीवन
    २. पौरुष जीवन
    ३. डिफ्यूजल –एल (Diffusal-L)
    ४. कायाप्लस (Kayaplus)
    ५. १०० हर्स पावर (100 Horse Power)
    ६. ३० मिनेट स्टप (30 Minute Stop)
    ७. डायबेटिक कन्ट्रोल (Diabetic Control)
    ८. जिमनेमा सिलभेस्ट्रे क्याप्सुल (Gymnema Sylvestre Capsule)
    ९. बूजी (Buzzy)

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend