बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस-एमाले शीर्ष नेतृत्व बैठक, मन्त्री फेरबदल होला?

कांग्रेस-एमाले शीर्ष नेतृत्व बैठक, मन्त्री फेरबदल होला?

images
२०८२ श्रावण १५ गते, बिहिवार
२०८२ श्रावण १५ गते, बिहिवार
  • काठमाडौं। सत्ता सहयात्री प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षस्थ नेताहरू अहिले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बसिरहेका छन्।

    images

    सरकारको कामकारबाही, मन्त्री हेरफेर लगायत समसामयिक विषयमा छलफल गर्न अहिले बैठक जारी छ।

    images

    बैठकमा बागमती प्रदेशको सत्ताको विषयमा पनि छलफल हुने नेपाली कांग्रेसका एक शीर्ष नेताले जानकारी दिए।

    `बैठकमा सरकारको काम, गति र मन्त्री फेरबदलका विषयमा छलफल हुन्छ, एमालेको चाहना मन्त्री फेरौं भन्ने छ, हाम्रा नेताहरू पनि केही मन्त्रीको अदलबदली गर्ने पक्षमा हुनुहुन्छ, तर पार्टीमा लफडा होला कि भन्ने पनि छ, सो बारे कुराकानी हुन्छ, बागमतीका विषयमा पनि छलफल हुन्छ।´ एक कांग्रेस नेताले एक्सरे नेपालसँग भने।

    बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन्।

    लामोसमयदेखि सरकारमा रहेका मन्त्री फेरबदलको चर्चा चल्दै आएको भएपनि कांग्रेसले चाहेको थिएन। जसका कारण प्रधानमन्त्री ओली समेत आफ्ना दलका मन्त्रीलाई वेटिङमा राख्दै आएका छन। काग्रेसको समेत मन्त्री हेरफेर गरेर उनी आफ्नो दलका केही मन्त्रीलाई फेर्ने रणनीतिमा छन।

    सोही कारण आजको छलफलमा मन्त्री हेरफेरबारे प्रधानमन्त्रीले कांग्रेस सभापति देउवाको स्पष्ट धारणा माग्ने बताइएको छ।

    कांग्रेसले भने मन्त्रीहरू फेर्दा पार्टीमा किचलो बढ्न सक्ने भन्दै आफ्नो पार्टीका अहिले भएकै मन्त्रीहरुलाई निरन्तरता दिने बताउँदै आएको थियो। अब पनि कांग्रेस सोही नीतिमा रहे एमालेका मन्त्रीहरु फेर्न ओली अघि सर्ने तयारीमा छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend